१४ बैशाख २०८१, शुक्रबार

चर्चित सिनेमा लेखक तथा निर्देशक छेतेन गुरूङको निधन


छेतेन गुरूङ

काठमाडौँ, भदौ २४ । चर्चित सिनेमा लेखक तथा निर्देशक छेतेन गुरूङको निधन भएको छ । गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा आज बिहान ४२ बर्षको उमेरमा निधन भएको हो ।

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’ जस्ता चलचित्रहरुमा उनको लेखन रहेको छ । मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्य स्थितिमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल लगिएको थियो ।

पछिल्लो समय गुरूङ निर्माता सन्तोष सेनसँग मिलेर ‘हु।तु।तु।’ चलचित्र निर्देशनको तयारीमा थिए । उनकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ । छेतेन लिखित तथा निर्देशित ‘प्रेम गीत-३’ रिलिज हुन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !