काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६:५० बजे ८६ वर्षको उमेरमा पूर्वउपकुलपति शर्माकाे निधन भएको हो ।
नेपाली शिक्षा जगतका एक दूरदर्शी व्यक्तित्व प्रा. डा. शर्मा लामो समयदेखि नेपालको उच्च शिक्षाको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा निरन्तर सक्रिय रहँदै आएका थिए । काठमाडौँ विश्वविद्यालयको स्थापना र यसलाई नेपालको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न शर्माको योगदान अतुलनीय रहेको छ ।
उनको भोलि बिहीबार दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा राखिने बरालले बताए । शर्माको श्रीमती र चार छोरी थिए । एक छोरी र श्रीमतिको निधन भइसकेको छ ।









