२१ बैशाख २०८१, शुक्रबार

घनश्याम भुषालले गरे प्रचण्डका घरबेटीलाई कारबाही, सामाजिक संजालमा चौतर्फी प्रशंशा


घनश्याम भुषालले गरे प्रचण्डका घरबेटीलाई कारबाही

काठमाडौं, भदौ २१ । समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ । मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको हो ।

शैलुङ नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो । उनले जिम्मा लिएको कतिपय विकास निर्माणको ठेक्का अलपत्र छ । अधिकारी र हुमनाथ कोइरालामाथि चौतर्फी कारबाहीको माग बढेपछि कृषि मन्त्री घनश्याम भुषालले कठोर कदम चालेका हुन् । उनको यो कदमको सामाजिक संजालमा चौतर्फी प्रशंशा पनि भएको छ ।

कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएका हुन् । प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई कारबाही नगरिएको भन्दै आलोचना भइरहेको थियो । उनीहरुको ५/५ करोड धरौटी जफत भएको छ । दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।

ठेकदार अधिकारीकै सातदोबाटोस्थित घरमा प्रचण्ड बस्दै आएका छन् । उनले प्रचण्डकै शक्तिका आधारमा व्यवसाय गर्दै आएको आरोप लाग्दै आएको छ । अर्का ठेकदार हुमनाथ कोइराला नेपाली कांग्रेसमा आबद्ध ठेकदार हुन् ।

कृषि मन्त्रालयले नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ । दुवै कम्पनिहरुले मल आपूर्तिको ठेक्का सम्झौता गरेपनि समयमै मल नल्याएपछि किसानहरु मारमा परेका थिए ।

यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल आपूर्ति र रेल सम्बन्धि ठेक्का पाएकाहरुमाथि कारबाहीको चेतावनी दिएका थिए । विप्लव नेकपाले हिजो प्रेस विज्ञप्ति मार्फत् शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालको नामै तोकेर कारबाहीको माग गर्दै सरकारले नगरे आफूहरुले गर्ने चेतावनी दिएको थियो । चौतर्फी कारबाहीको दबाब बढेपछि मन्त्री भुषालले आज कारबाही गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !