१४ बैशाख २०८१, शुक्रबार

नेपालका आज ६ जिल्ला भए कोरोनामुक्त, ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित


नेपालका आज ६ जिल्ला भए कोरोनामुक्त, ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, भदौ २४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०८१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९२१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ९१८ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३३८८२ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५४८० पुगेको छ भने आइसोलेसनमा १५०२५ जनाको उपचार भइराखेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३१२ जनाको मृत्यु भई सकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ६ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा ४ वटा जिल्ला रहेका छन् । मनाङ, मुस्ताङ, सल्यान, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोनामुक्त भएका छन्

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्ला गरी ७ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

नेपालका आज यी जिल्ला भए कोरोनामुक्त, यी जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

नेपालका आज ६ जिल्ला भए कोरोनामुक्त, ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !