८ बैशाख २०८१, शनिबार

डोटीमा एक हप्ता लम्बियो निषेधाज्ञा


निषेधाज्ञा

डोटी, भदौ २२ । डोटी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।

यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजे सम्म लागु भएको निषेधाज्ञा गए राती १२ बजे सकिएपछि निषेधाज्ञाको समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अनिवार्य रूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरूपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !