१२ बैशाख २०८१, बुधबार

राजधानीमा नक्कली प्रेसपासको बिगबिगी


राजधानीमा नक्कली प्रेसपासको बिगबिगी

काठमाडौ, भदौ २४ । देशको राजधानीमा नक्कली प्रेसपासको बिगबिगी भएको पाइएको छ । कारोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सरकारले राजधानी लगायत देशका बिभिन्न भागमा निषेधाज्ञा लागू गरेपछि नक्कली प्रेस कार्ड बनाउनेको संख्या बढेको छ ।

नक्कली प्रेस पासको बिगबिगी बढेपछि सुरक्षा निकायले अहिले नक्कली प्रेस पास बोक्नेमाथि कारवाही अगाडि बढाएको छ । प्रहरीले नक्कली कार्ड बनाउनेमाथि निगरानी राख्ने र त्यस्ता कार्ड बनाउनेमाथि कारवाही पनि शुरु गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले बागबजारमा छापा मारेर नक्कली कार्ड बनाउने गिरोहलाई पक्राउ गरेको जानकारी समेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !