२४ बैशाख २०८१, सोमबार

बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल


पाल्पा अस्पताल

रामपुर, २२ भदौ । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो ।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँ पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुनुहुन्छ । अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !