२७ जेष्ठ २०८३, बुधबार
मुख्य समाचार

चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस, एमाले र लोसपाको असहमति

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । यद्यपि महाअभियोग सिफारिस समितिले तयार पारेकाे निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी