३० बैशाख २०८३, बुधबार
मुख्य समाचार

मोरङमा आज दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।