अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्काउने
२८ फागुन, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो ।