, घटना

घटना

  • सिन्धुपाल्चोकको

    सिन्धुपाल्चोकमा मात्रै बाढीपहिरोबाट ७४ जनाको मृत्यु, ४१ जना अझै बेपत्ता

    सिन्धुपाल्चोक, ३० भदौ । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका-७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् […]

  • पक्राउ

    आफ्नै आमाको हत्याको आरोपमा छोरा पक्राउ

    झापा, २९ भदौ । झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । उनलाई तत्काल घटनास्थलबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय […]

  • मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

    काठमाडौँ, भदौ २९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । बिगत […]

  • सडक अवरुद्ध

    मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध

    पर्वत, २९ भदौ । शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो । आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो […]

  • पक्राउ

    दश किलो अफिमसहित दुई पक्राउ

    राँझा, २९ भदौ । प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६.३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का […]

  • मृत्यु

    काठमाडौँ उपत्यकामा कोरोना संक्रमणवाट ८ जनासहित १५ जनाको मृत्यु

    काठमाडौँ, २९ भदौ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणवाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको संक्रमणवाट मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका […]

  • दुर्घटना

    दुई ट्रक ठक्कर खाँदा एकको मृत्यु, पाँच घाइते

    चितवन, २९ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको […]

  • सिन्धुपाल्चोक पहिरो

    घुमथाङ पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता १८ को खोजी जारी

    चौतारा, २९ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । उहाँका […]

  • शव अलपत्र

    कपिलवस्तुकी कोरोना सङ्क्रमितको मृत्यु

    रुपन्देही, २९ भदौ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी […]

  • पक्राउ

    बन्दुकसहित दुई ज्येष्ठ नागरिक पक्राउ

    स्याङ्जा, २९ भदौ । बन्दुकसहित प्रहरीले दुई ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार थान बन्दुकसहित पक्राउ गरेको हो । अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले ठकुरी र हमालका घरमा खानतलासी […]

  • श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

    काठमाडौँ, २९ भदौ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले […]

  • नवजात बच्चा

    पहिरोले तीन वर्षीया बालिकाको मृत्यु

    पर्वत २९ भदौ । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् […]

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

    वीपी प्रतिष्ठानमा उपचाररत मोरङका २ जना कोरोना संक्रमितको मृत्यु

    धरान, २९ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए […]

  • प्रादेशिक अस्पताल जनकपुर

    प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    जलेश्वर, भदौ २९ । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए । भदौ २२ गते […]

  • बागलुङमा पहिरो

    बागलुङमा पहिरो : ५ घर पुरिए, १ जना बेपत्ता

    गलकोट, भदौ २९ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका-१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान ५ वटा घर पुरिएको छ भने १ जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो । परिवारका अन्य ५ जना सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले […]

  • चितवन मेडिकल कलेज

    चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

    चितवन, २९ भदौ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका-९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै […]

  • भिम अस्पताल भैरहवा

    रुपन्देहीमा कपिलवस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु

    कपिलवस्तु, भदौ २९ । रुपन्देही जिल्लामामा कपिलवस्तुका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भिम अस्पताल भैरहवामा उपचाररत शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको गएराती १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ । उनी दमको बिरामी थिए । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै […]

  • लुम्बिनी अस्पताल

    लुम्बिनी अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरा । गण्डकीमा थप १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । लुम्बिनी अस्पताल, रुपन्देहीमा उपचाररत नवलपुर मध्यविन्दु-१२,का ६० वर्षीय पुरुषको भदौ २६ गते दिउसो ४:३० बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । भदौ […]

  • बुटवल कोरोना विशेष अस्पताल

    बुटबलमा कपिलबस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

    बुटबल, भदौ २९ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १ जना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हो । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला र […]

  • मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    काठमाडौँ, भदौ २८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । बिगत […]