राइफलको गोली लागेर सेना गम्भीर घाइते Nepalpatra राइफलको गोली लागेर सेना गम्भीर घाइते

२० श्रावण २०७८, बुधबार

राइफलको गोली लागेर सेना गम्भीर घाइते


गोली चल्यो

नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । स्रोतका अनुसार पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

स्रोतका अनुसार चौहानको बायाँ चिउँडोको मुनि घाँटीको भाग र दाहिने आँखाको मुनि अनुहारको भागमा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा