, घटना

घटना

  • बलात्कार

    बलात्कारको आरोपमा पक्राउ

    डोटी, २५ भदौ । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा उनलाई […]

  • बलात्कृत

    नेपाली किशोरीलाई भारत लगिरहेका युवक पक्राउ

    रौतहट, २५ भदौ । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा […]

  • लमजुङमा पहिरो

    पहिराले पाँच घर उच्च जोखिममा

    लमजुङ, २५ भदौ । डुम्रे–बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिराको उच्च जोखिममा छन् । घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताउनुभयो । उहाँका […]

  • मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो

    काठमाडौँ, भदौ २४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । बिगत […]

  • भूकम्प

    धादिङको नीलकण्ठ केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्पको धक्का

    काठमाडौँ, भदौ २४ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोक बिजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

  • सहकारी

    सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

    काठमाडौँ, २४ भदौ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको […]

  • पक्राउ

    १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    कास्की, २४ भदौ । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो […]

  • बन्धक

    बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

    महेन्द्रनगर, २४ भदौ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको बताउनुभयो । यही भदौ १४ गतेदेखि बेपत्ता १६ […]

  • मुद्दा

    गाई काटेर खान खोज्ने प्रतिवादीलाई मुद्दा दर्ता

    विदुर, २४ भदौ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेको अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेको अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार प्रहरीले पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

  • अवैध ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

    नुवाकोट, २४ भदौ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

  • छेतेन गुरूङ

    चर्चित सिनेमा लेखक तथा निर्देशक छेतेन गुरूङको निधन

    काठमाडौँ, भदौ २४ । चर्चित सिनेमा लेखक तथा निर्देशक छेतेन गुरूङको निधन भएको छ । गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा आज बिहान ४२ बर्षको उमेरमा निधन भएको हो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’ जस्ता चलचित्रहरुमा उनको लेखन रहेको छ । मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्य स्थितिमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल […]

  • अल्का अस्पताल

    ललितपुरमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु

    ललितपुर, भदौ २४ । ललितपुरमा एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु् भएको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । काठमाडौं विशालनगर घर भएका ६७ वर्षीय संक्रमितको उपचारका क्रममा बुधबार बिहान ५ वजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य […]

  • पैसा सापटी माग्दा नदिएपछि खोटाङका दाजुबहिनीको हत्या भएको खुलासा

    खोटाङ, २३ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्र्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले […]

  • भरतपुर अस्पताल

    भरतपुर अस्पतालमा उपचाररत पूर्वी नवलपरासीका कोरोना संक्रमितको मृत्यु

    नवलपुर, भदौ २३ । पूर्वी नवलपरासीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-१ का ६४ वर्षका १ जना पुरुषको आज साँझ ५:३० बजे निधन भएको भरतपुर अस्पताललाई उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए । उनको केहि समयदेखि किडनी फेल भई डाइलासिस भई […]

  • मृत्यु

    पोखरामा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु

    पोखरा, भदौ २३ । कास्की जिल्लाको पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा-१० की ७३ वर्षीया बृद्धाको मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ती मृतक बृद्धा बिरामी परेपछि मेडिप्लस अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । […]

  • मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

    काठमाडौँ, भदौ २३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । बिगत […]

  • पक्राउ

    चोरीको आरोपमा चार जना पक्राउ

    सप्तरी, २३ भदौ । सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न चार जनालाई रु चार लाख मूल्य बराबरको नगद र सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का […]

  • भारी वर्षा

    केही दिन वर्षाको क्रम बढ्ने : बाढी/पहिरोको सम्भावना

    काठमाडौँ, २३ भदौ । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम […]

  • पक्राउ

    गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई पक्राउ

    सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय […]

  • बलात्कार

    शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

    बैतडी, २३ भदौ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । […]