१४ बैशाख २०८१, शुक्रबार

मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको पक्की पुललाई जोगाउदै सशस्त्र प्रहरी


मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको पक्की पुललाई जोगाए सशस्त्र प्रहरीले

मनाङ । मनाङमा लगातारको वर्षा पछिको पहिरोले थुनिएको मर्स्याङ्दी नदीको पक्की पुललाई सशस्त्र प्रहरीले जोगाउदै छन् । चामे गाउँपालिका-४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्ण रूपमा थुनिएको थियो ।

निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको थियो । पानीको बहाव बढिरहेकोले जुनसुकै बेला खतरा हुन सक्ने थियो । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठ दाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको थियो ।

सशस्त्र प्रहरीले माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराहरु पन्छाउदै छन् । पहिरो खसेर मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुलसमेत जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरेको छ ।

बाढीले चामे गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले ज्यानको बाजी लगाएर मूढाहरु काटेर पन्छाउने प्रयास गरिरहेका छन् ।

बाढीले पुल थुनिएकाले त्यसलाई पन्छाउन आइतबार सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङको टोली त्यहाँ परिचालन भएको थियो । गुल्मपति होमनाथ पन्थीको नेतृत्वमा खटिएको टोलीले पुललाई जोगाउदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !