पोखरा, कार्तिक १३ । पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१३ कि ३६ वर्षीय महिलाको गएराति ११ बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो ।