१६ असार २०८१, आइतबार
स्वास्थ्य

पशुपति क्षेत्रका खुला स्थानमा गुर्जो रोपण

काठमाडौँ । पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरुआत भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो ।