२० बैशाख २०८१, बिहिबार

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


ललितपुर । तीन पटक मदन पुरस्कार पाएका वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएकोले चिकित्सकको सल्लाह बमोजिम ९ दिनपछि आज डिस्चार्ज भएका हुन् ।

जोशीलाई ललितपुरको महालक्ष्मीस्थानस्थित किष्ट शिक्षण अस्पतालमा स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गढबडी साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते भर्ना गरिएको थियो ।

अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ । यद्यपि पीसीआर रिर्पोट नेगेटिभ आएपनि उनलाई निमोनिया संक्रमण भएको थियो ।

३ पाठक मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्वीर अङ्कित चाँदीको विभिन्न सिक्का समेत निस्कासन भइसकेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !