८ बैशाख २०८१, शनिबार

आयुर्वेदिक औषधिमा एन्टिबडी क्षमता छ


एन्टिबडी क्षमता

मैले भन्न खोजेको कुरा हामी सबैले मनन् गर्नुपर्ने समय आएको छ । आयुर्वेदमा एन्टिबडी छ जसको साहेताबाट हामी रोगको सक्रमणबाट आफुलाई बचाउन सक्ने छौं । हाम्रो हरेक सोचलाई पोजेटिभमा ढाल्दै जडिबुटी सेवन गर्दै जान्छौं भने सक्रमणबाट बचाउने क्षमता हामी आफै पैदा गराउन सक्छौं ।

आयुर्वेदमा एन्टिबडी रोगसंग लड्ने शक्ति उत्पन्न गराउने छमता छ । परम्परा चिकित्सामा मान्छेलाई मात्र नभई व्याडमा धान छर्दा मलको रूपमा असुरो छर्ने प्रचलन हामीले भुल्नु हुदैन । मैले सानो छदा ब्याडमा असुरो छर्दा प्राय: बाबालाई सोध्ने गर्दथे उहाँ भन्नु हुन्थ्यो बाबु यो राम्रो मल हो यसले विउ चाँडो उमार्ने काम गर्छ ।

त्यसो भए मान्छेले सेवन गर्दा पनि ताकत नदेला त ? यस विषयमा बाबाको जवाफ मौन हुन्थे मैले ज्यादा प्रश्न गर्दैनथे । हामीले हमेसा प्रकृतिको उपहास गर्ने गरेका छौं । प्रकृतिको देनलाई भुल्ने गरेका छौं ।

यदि हामीले असुरोमा भएको तितोपनको बारेमा राम्रो अध्ययन गर्न सक्छौ भने यसमा रोगसंग लड्ने क्षमता हुन सक्छ । मैले १५ दिन जति दैनिक असुरो सेवन गरेर हेरेको छु । असुरो बढी खादा कमजोर हुन्छ भन्ने सुनेको थिए तर मलाई महसुस भएन तर झन फुर्तिलो बनाएको थियो ।

यदि हामीले असुरोलाई भाष्पिकरणको माध्यमबाट इन्जेक्सन तयार गरेर मानव शरीरमा प्रवेश गराएर हेर्छौं भने यसको फाइदा धेरै उठाउन सक्छौं । एन्टिबोडी बनाउन प्रयोग हुने औषधि भन्दा पौष्टिक खानाको माध्यमबाट बनेको एन्टिबडी बढी प्रभावकारी हुन सक्छ ।

नेपालीमा सवैभन्दा बढी रोगसंग लड्ने क्षमता छ । यसको ठोस् कारण हो भान्साको औषधि । हाम्रो भान्सामा हुने प्राय: शवै पौष्टिक औषधिको प्रयोग हुनाले स्वास्थ्यमा राम्रो फाइदा भएको छ । जडिबुटीले विज्ञानलाई समेत चुनौती दिएको छ ।

यदि हामीले खानपिन रहन सहनलाई राम्रोसंग हेरबिचार गर्छौं भने शायद हाम्रो पार्ट पुर्जा खुकुलो नहुन सक्छ । रोगको कारकतत्व भनेको चन्चल मन हो । यदि हामीले यो मनलाई बसमा राख्न सक्छौं भने एन्टिबडी त्यसै प्राप्त गर्दै जान सक्नेछौं ।

एन्टिबडी पैदा गराउनमा सवैभन्दा ठूलो भुमिका मनसंग गासिएको हुन्छ । उदाहरणको रूपमा हामीले लुतो आएको विरामीलाई छोएर उपचार गर्छौं जबकी यो एक प्रकारको छुतको रोग हो तर डाक्टरलाई सरेन जसले घिन मान्यो उसलाई रोग सर्नु भन्नुको अभिप्राय हामी जति मनलाई संकुचित पार्दै जान्छौं त्यति नै हामीलाई बाहिरी रोगले आक्रामक गर्दै जान थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !