१२ बैशाख २०८१, बुधबार

थप २६०७ जनामा कोरोना पुष्टि, २१४१ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७११ जनामा पिसिआर परिक्षण गर्दा १७६८ जना र ४७७३ जनामा एन्टीजेन परिक्षण गर्दा ८३९ जना गरी २६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४५ हजार ६६२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८५९७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ४८ हजार १० पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ६१ हजार ७२५ जना रहेको छ भने ४८७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ५७ हजार ५३१ जना होम आइसोलेसनमा र ४१९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९१६ जना आईसीयूमा र २४९ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !