१२ बैशाख २०८१, बुधबार

रोगको कारण हाम्रो लाइफ स्टाइल दोषी छ


क्यान्सर

हाम्रो स्वास्थ्य खराब हुनुको प्रमुख कारण लाइफ इस्टाइल हो । रोग लाग्नुको पछाडि हाम्रो खानपान रहन सहन भन्दा खासै फरक छैन । आज हरेक मान्छेलाई डाइविटिज रोग देखिएको छ । यो सबैको पछाडि लाइफ इस्टाइल नै प्रमुख हो भन्दा खासै फरक छैन ।

हिजो मान्छेहरू काम गर्थे आज कहि जान परेमा कार, मोटरसाइकल, स्टुटरको साहरा लिने गरिएको हुन्छ । तर पहिले चप्पल नलगाई मान्छेहरु हिड्ने गर्दथे खाना आफ्नै भान्सामा खाने गर्दथे । शारीरिक व्यायाम हुने गर्दथियो तर अहिले खाना सबै कृतिम छ । सवैमा मिसावट छ । विषादी खाना खान हामी बाध्य छौं ।

हाम्रा बाबा आमाहरूले दिनभर बाहिर खेतमा काम गर्नु हुन्थियो । साँझ घरमा आएर जस्तोसुकै खाना किन नहोस् खानु हुन्थेव र पच्ने गर्दथियो तर अहिले काम नगर्ने बसेर खाने प्रचलन हावी हुदै आयो यसले गर्दा विविध रोगले असर गर्न थाल्यो । आजकाल व्यायामद्वारा पनि हामीले स्वास्थ्यमा सुधार गर्न सक्छौं ।

स्वास्थ्य धनहो तर हामीले रोगको कारणलाई राम्रोसंग नबुझेकाले विविध रोगको चपेटामा हामी परेका छौं । जबसम्म हामीले रोगको कारण हाम्रो लाइफ इस्टाइल हो र यसलाई सुधार गर्न सके हाम्रो स्वास्थ्यमा सुधार हुदै जाने छ ।

शुगर रोग आजकाल सबैलाई हुने गरेको पाइन्छ । हाम्रो शरीरमा आवश्यक भिटामिन डीको अभावमा पनि हामीलाई चिनी रोग लाग्ने गरेको हुन्छ । सुर्य अस्ताउदा वा उदय हुदा आधा घण्टा सूर्य ज्वतीमा बस्ने गर्नाले हामीलाई प्राकृतिक भिटामिन डी प्राप्त हुन थाल्नेछ । हामीले पानी हमेसा तामाको भाडामा र खाना फलामको भाडामा पकाएको खाने गर्नु सवैभन्दा राम्रो हुनेछ ।

घरेलु उपचार

१. शुगर रोगको लागी जामुनको गुठली दानालाई जम्मा गर्ने र पाउडर बनाउने बनायको पाउडर एक चमच विहान बेलुका खाने गर्नाले सुगर रोग क्रमश: निको हुदै जानेछ ।

२. शुगरको अर्को औषधि नियमित मेथी १/२ देखि एक चमच साझ भिझाउने भिजायको पानीसंग मेथी दाना चपाएर खाने ।

३. गिलोय ल्याउने र पानीमा राखेर पकाउने कपडछान गरी दैनिक सेवन गर्ने यसले सुगर समाप्त गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !