८ बैशाख २०८१, शनिबार

थप २७६८ जनामा कोरोना पुष्टि, ४०२० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५६९ जनामा पिसिआर परिक्षण गर्दा १९६३ जना र ५४६८ जनामा एन्टीजेन परिक्षण गर्दा ८०५ जना गरी २७६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०२० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४९ हजार ६८२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८६४१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५७९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५९ हजार ६२४ जना रहेको छ भने ४८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ५५ हजार ३७५ जना होम आइसोलेसनमा र ४२४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८७२ जना आईसीयूमा र २४६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !