७ असार २०८१, शुक्रबार
स्वास्थ्य

थप ३४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेर ९००९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।