२५ बैशाख २०८१, मंगलबार

देशभर थप ३४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९०७ जनामा पिसिआर परिक्षण गर्दा २६२६ जना र ५७४९ जनामा एन्टीजेन परिक्षण गर्दा ८६५ जना गरी ३४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७५ हजार ८३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०१८० जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६६३ जना, ललितपुर जिल्लामा १९२ जना र भक्तपुर जिल्लामा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख १८ हजार ३०३ पिसिआर परीक्षण भएको छ भने ३ लाख ७५ हजार ३९९ एन्टीजेन परीक्षण गरिएको छ भने ३९९ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा र ३२२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९६ जना आईसीयूमा र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !