२५ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा बढ्यो कोरोना संक्रमण : एकैदिन ११८६ जनामा पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ७९५ जना, ललितपुर जिल्लामा २३९ जना र भक्तपुर जिल्लामा १५२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

हिजो काठमाडौं जिल्लामा ६२४ जना, ललितपुर जिल्लामा १६५ जना र भक्तपुर जिल्लामा १७० जनामा कोरोना संक्रमण देखिएको छ । यसरी काठमाडौं उपत्यकामा हिजो भन्दा आज २०० जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !