७ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसको खोप लगाउनेहरूमा देखियो अर्को भाइरस


कोरोना भाइरसको खोप लगाउनेहरूमा देखियो अर्को भाइरस

कोरोना भाइरसको खोप लगाउनेहरूलाई गुइलेन बेरी सिंड्रोम नामको नया कोरोना भाइरस देखिएको छ । अहिले विश्वभरिकाले भ्याक्सिन लगाउदै गर्दा यो पत्ता लागेको हो । एउटा अध्ययनमा यो सिन्ड्रोम धेरै घातक मानेका छन् ।

वैज्ञानिकहरूले यसलाई गुलियन बेरी सिंड्रोम (Guillain Barre Syndrome Covid) भनेका छन् । यदि यही हो भने भ्याक्सिन लगाउने कि नलगाउने भन्ने अन्योलता छाएको छ । गुइलेन-बेरी सिंड्रोम एउटा यस्तो दुर्लभ न्यूरोलॉजिकल कंडिसन हो जसले इम्यूनो सिस्टम नकरात्मक तरिकाले हावी हुन थाल्दछ ।

यस्तो अवस्था ब्याक्टेरियल भाइरस इन्फेक्सनका कारणले हुने गर्दछ । तर यस्तो रोग देखिएमा होसियार हुनुपर्छ । यो सिन्ड्रोम लागेका व्यक्तिहरूको फेसको नशा कमजोर हुने गर्दछ । केहिको मत यो रोग विस्तारै कम हुदै जान सक्छ । यो बिमारी लागेका रोगीहरू प्यारालाईसिस हुने खतरा बढि देखिएको छ ।

विश्वमा केहि व्यक्तिहरूमा मात्र देखिने रोगको कारणलाई लिएर भ्याक्सिन रोक्नुपर्ने कुनै कारण छैन भनेका छन् । यस्तो समस्या भारतका केहि रोगीमा देखिएको भएतापनि भ्याक्सिन लगाउनेहरू अझ बढेर गएका छन् । हामीले एउटाकुरा बुझ्न आवश्यक छ । रोग लाग्छ हरेक रोगको समाधान हुन सक्छ ।

​गुइलेन-बेरी सिंड्रोमका लक्षण यस्ता छन्

१. हिड्दा शरीर दुख्ने

२. हात खुट्टा झन झम गर्ने

३. सास बढ्ने हिडडुल गर्न नसक्ने

४. घाँटीमा समस्या

५. मुटुको धडकन बढ्नु

हुनत कोरोना भाइरसको भ्याक्सिन सेफ भनेका छन् । यो भ्याक्सिनले विस्तारै सवै समस्या हल हुनेछ । आफ्नो पालोमा भ्याक्सिन लगाउन मेडिकल एक्सपर्टको राय छ । लाखौंमा देखिने यो रोगका कारण भ्याक्सिन रोक्नुपर्ने अवस्था नदेखिएको केहिको राय छ । यस्ता रोगको सामान्य लक्षण देखिएमा तुरुन्त डाक्टरको परामर्श लिन नभुल्नु होला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !