नेपालमा अहिलेसम्म १५५ जनाले कोरोनालाई जितेर घर फर्किए
१३ जेठ, काठमाडौँ । हिजो ४३ जना उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १५५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन्