दैनिक १८ हजारको कोरोना परीक्षण गर्न सक्छौं : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजार जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन्