काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा विज्ञहरुले कम्तीमा २ हप्ता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन्