१८ बैशाख २०८१, मंगलबार
देश

बहुपहिचानयुक्त संस्कृतिको संरक्षण गर्न सांस्कृतिक ग्राम

२१ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुसांस्कृतिक ग्राम निर्माणको अवधारणा अघि बढाएको छ । प्रदेशमा रहेका बहुपहिचायनयुक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न यस्तो अवधारणा ल्याइएको हो ।