महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेशियाबाट घर बिदामा आउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेशिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस सङ्क्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेशिया जाने सोच सफल हुन सकेन् ।