१५ बैशाख २०८१, शनिबार

प्रा. राजेन्द्र सुवेदीमा श्रद्धा-शुमन !


प्रा. राजेन्द्र सुवेदी

काठमाडौँ । सुवेदी कल्याण प्रतिष्ठान नेपाल सुकल्पका निवर्तमान कुलाधिपति, भारद्वाज संस्कृति सम्बर्धन केन्द्र्रका निवर्तमान उपाध्यक्ष, हाल सुकल्पका सल्लाहकार, सुवेदी कुलका कुलदीप, वरिष्ट समालोचक, निवन्धकार तथा कवि, त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभागका पूर्व प्र्रमुख एवं गोरखापत्र संस्थानका पूर्व अध्यक्ष, सम्पूर्ण सुवेदी लगायत धेरैका शिक्षक, प्राध्यापकको ७६ वर्षको उमेरमा २०७८ साल जेष्ठ ३ गते सोमवार कोरोनाकै कर्तुतले प्रात: ब्रम्हमुहूर्तमा निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु ।

उहाँको निधनबाट सुवेदी कुलका साथै नेपाली साहित्यको सृजना र समालोचना क्षेत्रमा गम्भीर र अपूरणीय क्षति भएको छ । उहाँको माथि उल्लेख भएका विभिन्न विधामा पुस्तकहरू प्रकाशित भइसकेका छन् । त्यतिमात्र नभई मैले प्रकाशित गरेका विभिन्न पु्रस्तकमा शुद्धाशुद्धि निमित्त उहाँको ठूलो योगदान छ ।

हालसालै मैले प्रकाशित गरेको सरलीकृत शनिवार, साडेसाती शनिशान्ति तथा पूजाविधि, (शनिमृत्युञ्जय, शान्तिकाध्याय, नवग्र्रह पाठ, शनिसहस्रनाम जप, व्र्रत कथासहित) पुस्तकलाई शुद्धाशुद्धि मिलाई उहाँको जीवनकालमा म लगायत धेरैलाई शुभकामना दिनु भएको थियो ।

तर यो प्रकाशन हुनलागेको पुस्तकमा दिनुभएको ‘शुभास्ते पन्थान : असिऔं वर्षप्रवेश र असिऔं ग्रन्थ प्रकाशनका सन्दर्भमा’’ दिनु भएको यो उहाँको जीवनको उत्तरार्धको अन्तिम हो जुन उहाँले इमेल मार्फत यहि वैशाखको मध्यतिर मलाई पठाउनु भएको यस प्रकार जस्ताको तस्तै छ :

प्रा. राजेन्द्र सुवेदीको अन्तिम लेख

शुभास्ते पन्थान : असिऔँ वर्षप्रवेश र असिऔँ ग्रन्थ प्रकाशनका सन्दर्भमा

मधुसूदन सुवेदीद्वारा लिखित सुवेदी ग्रन्थमाला प्रकाशनको असिऔँ शृंखला बनेर आउन लागेको प्रस्तुत ग्रन्थ शनि उपासना तथा पुरश्चरणविधिमा केन्द्रित छ । वैदिक सनातन परम्पराबाट अनुप्राणित नेपाली संस्कार र संस्कृतिका विशिष्ट आयामलाई जीवन्तता प्रदान गर्ने निष्ठा नेपालीहरूका रक्त्तसंस्कारमै विकास हुँदै आएको विषय हो । प्राचीनकालदेखि नै मर्यादा र आचरणसँग जोडिई आएको अनेक कर्मविधि, पद्धति र विधिविधानसँग सम्बद्ध बनेको संस्कृतिको तहमारहने आचार तथा व्यवहारलाई विभिन्न सन्दर्भमा निरूपण गर्न सकिने स्थिति देखिन्छ ।

यस प्रकारका सबै संस्कारले नेपाली जीवनलाई समाहित गर्दैै ल्याएको छ । कर्म विधका आधारमा नित्य, अद्र्धनित्य र नैमित्तिक कृत्यहरूका विधि नेपाली समाजका निम्ति सुबोध्य तथा अनुकूलीकरण गरेर कर्मकाण्ड, पुरश्चरण, पूजाअर्चनाका पद्धतिहरू व्यवस्थित गर्ने दृष्टिकोण राखेर मधुसूदन सुवेदीले निकै गहन योगदान गरेका छन् । यस प्रकारका विशेषताका आधारमा उनको योगदान विशिष्ट बन्दै गएको देखिन्छ ।

विधिविधान र अनुष्ठानविज्ञ सुवेदीले कर्मकाण्ड पद्धतिलाई नेपाली समाजको संस्कारअनुसार जन्मदेखि मृत्युसम्मका, गृहदेखि तीर्थसम्मका कृत्य तथा मृत्यूपरान्त पनि गरिने कृत्यहरूका विधानलाईप्रवद्र्धन तथा संरक्षण गर्ने दृष्टिलेविविध कार्यहरू गरेका छन् । यस प्रकारका कार्यलाई गति दिने वैदिक सनातन धर्ममा आस्था राख्ने प्रत्येक हिन्दू धर्मावलम्बीहरूलाई दैवी तथा पैतृक अर्चनाको परम्परा चलाउन विभिन्न वेद, उपनिषद्, पुराण आदिका ऋचा मन्त्रहरू उपयोगी र आवश्वक रहन्छन्भन्ने उनको अठोट रहेको छ ।

यस्ता विशेषताहरूको साक्ष्यका रूपमा निम्नानुसारका कृतिहरूको प्रकाशन भएको पाइन्छ : पहिलो कृतिशारदीय दुर्गा पूजाविधिदेखि लेखनको आरम्भ भएरउनासिऔँ कृतिबुढिखडङ्क रुद्रि नामक ग्रन्थसम्म आइपुग्दा उनका ७९ वटा कृतिहरू प्रकाशनमा आइसकेका छन् । यति धेरै ग्रन्थ प्रकाशित भइरहेको अवस्थामा सुवेदीको उमेरको वंर्ष सङ्ख्या र ग्रन्थसंङ्ख्या बराबर पुगेको अवस्था देखिन्छ ।

उनका कृतिहरू जम्मा चार प्रकारका श्रेणीमा विभाजित बन्न सक्ने देखिएका छन् । पहिलो श्रेणीमा देवी कर्मकाण्ड तथा विधि र पद्धतिमा आधारित, दोस्रो श्रेणी चाहिँ पैतृक तर्पण अर्चनविधिमा केन्द्रित, तेस्रो श्रेणी चाहिँ नीति तथा सदाचारका विषयको परिचयमा केन्द्रित र चौथो चाहिँ साहित्यिक अनुभूतिको अभिव्यक्त्तिमा केन्द्रित । यिनको प्रकाशन सूची निम्नानुसार रहेको छ :

पहिलो श्रैणीमा केन्द्रित कृतिहरू—१) शारदीय दुर्गा पूजाविधि, २) सरलीकृत सत्यनारायण पूजाविधि, ३) सरलीकृत लक्ष्मी पूजाविधि, ४) सरलीकृत महालक्ष्मी पूजाविधि, ५) सरलीकृत अग्निस्थापना विधि, ६) सरलीकृत शिलान्यास विधि, ७) सरलीकृत मार्कण्डेयाद्यष्ट चिरञ्जीवी पूजाविधि नवग्रहादि पाठसहित, ८) सनातन हिन्दूधर्म तथा संस्कार, ९) सरलीकृत हरितालिका तथा ऋषिपञ्चमी पूजाविधिसहित व्रतकथा, १०) सरलीकृत सम्पूर्ण एकादशी महात्म्य पूजाविधिसहित, ११) सरलीकृत सम्पूणर् एकादशी महात्म्य मूल पाठसहित पूजाविधि, १२) सरलीकृत गणेश सहस्रनाम पूजाविधिसहित, १३) सरलीकृत स्वयम्वर पटलाञ्छन पूर्वाङ्ग ग्रहशान्तिसहित विवाहविधि, १४) सरलीकृत ग्रहशान्त्यग्निस्थापन चूडोपनयन वेदारम्भ समावर्तनविधि, १५) सनातन दैनिकपूजाविधि तथा वार्षिक पर्वनिर्देशिका नेपाली भाषासहित, १६) सरलीकृत शिवपूजासहित रुद्राष्टाध्यायी, १७) सरलीकृत पूणर्िमाव्रत चन्द्रपूजाविधि, १८) कालिका र दुर्गा उपासनाविधि, १९) सरलीकृत चतुरशीति सिद्धपूजाविधि, २०) श्रीस्वस्थानी पूजाविधिसहितव्रतकथा, २१) सरलीकृत वैभवलक्ष्मी पूजाविधिसहित व्रतकथा, २२) सरलीकृत मूलादि जननशान्तिविधि, २३) सरलीकृत कालसर्पयोग शान्तिविधि, २४) सरलीकृत ग्रहशान्ति कर्म प्रयोगविधि, २५) सरलीकृत देवदेविमूर्तिनां स्थिर प्राणप्रतिष्ठाविधि, २६) सरलीकृत अश्वत्थ वटोद्यापनविधि, २७) सरलीकृत सप्ताह मण्डप पूजाविधि, २८) सरलीकृत वेदोक्त गृहवास्तु शान्ति प्रयोगविधि, २९) सरलीकृत सोमवार शिवपूजाविधिसहित व्रतकथा, ३०) सरलीकृत तुलादान विधि, ३१) सरलीकृत लक्षदीप प्रज्वलनविधि, ३२)सरलीकृत मङ्गलवार गणेश पूजाविधिसहित व्रतकथा, ३३.) सरलीकृत आदित्यवार सूर्य पूजाविधिसहित व्रतकथा, ३४) सरलीकृत हनुमान पूजाविधि, ३५) सरलीकृत श्रीकृष्णाष्टमी पूजाविधिसहित व्रतकथा, ३६) सरलीकृत अदुःख नवमी पूजाविधिसहित व्रतकथा, ३७) सरलीकृत कार्तिक शुक्ल एकादशी तुलसी पूजाविधि, ३८) सरलीकृत श्रीदुर्गासप्तशति पाठ,श्रीदुर्गा पूजाविधिसहित, ३९) सरलीकृत वटसावित्री पूजाविधि, ४०) सन्तोषीमाता व्रत पूजाविधिसहित, ४१) दीक्षामन्त्र उपासना तथा व्रतप्रतिष्ठाविधिः ४२) सरलीकृत ऋषितर्पणी पूजाविधि तथा श्रावणी पद्धति, ४३) कालिका दुर्गा तथा पाञ्चायन देवी देवता उपासना विधि, ४४) सरस्वती पूजाविधि वसन्त श्रवणसहित, ४५) प्रदोष व्रत पूजाविधिसहित व्रतकथा, ४६) विविध कर्मकाण्ड अर्क, कुम्भ, विष्णुप्रतिमा विवाहविधि, ४७) गणेश चतुर्थी पूजाविधिसहित व्रतकथा, ४८) सरलीकृत विश्वकर्मा पूजाविधि, ४९) सरलीकृत पष्ठिका पूजाविधि, नामाकरण विधि, अन्नप्राशन विधि, ५०) बुधवार पूजाविधिसहित व्रतकथा, ५१) बृहस्पतिवार पूजाविधिसहित व्रतकथा, ५२) बुढिषड्ग रुदि लगायत जम्मा बाउन्नवटा कृति प्रकाशनमा आइसकेका छन् र यो शनि उपासनाविधि चाहिँ प्रस्तुत सहूहको त्रिपन्नौँ कृति हो ।

दोस्रो श्रेणी चाहिँ पैतृक तर्पण अर्चनविधिमा केन्द्रित कृतिहरू छन् र तिनको क्रम चाहिँ यस प्रकार रहेको छ : १) सरलीकृत अन्त्यपद्धति, २) सरलीकृत तर्पणैकोद्दिष्ट पार्वणैकपार्वण तीर्थश्राद्ध विधि, ३) सरलीकृत मासिक श्राद्ध पद्धति, ४) सरलीकृत गरुडपुराण प्रेतकल्प, ५) सरलीकृत नारायणबलि प्रयोग विधि, ६) सुवेदी कुलपूजा विधि, ७) सरलीकृत तीर्थश्राद्ध विधिः (रामगीता सहित), ८) सबैको निमित्त कुलपूजा विधि । यस प्रकार जम्मा ८ वटा कृति चाहिँ पैतृक तर्पण तथा अर्चनको महिमामा आधारित रहेका छन् ।

तेस्रो श्रेणीमा चाहिँ सुवेदीका कृतिहरू ज्ञान तथा प्रविधिमा केन्द्रित छन् । तिनमा बौद्धिक, व्यावहारिक तथा प्राविधिक सिपमा आधारित कृतिहरू निम्नानुसार रहेका छन् : १) Om Age Old Eternal Hindu Religion & Sacrament, २) श्रीपशुपतिनाथ र प्रसिद्ध शिवलिङ्गहरू तथा द्वादशज्योतिर्लिङ्ग, ३) हिन्दू विवाहको इतिहास, ४) सनातन विशेष चाडपर्व तथा धार्मिक लेख, ५) History of tha Aryan Marriage a Sacrament,६) नेपाल अधिराज्यको चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग एवं पशुपतिदर्शनमहिमा, ७) आशौच इतर विभिन्न आइपर्ने समस्याहरूको निराकरण, ८) विविध सङ्कल्प संग्रह, ९) सरलीकृत आवश्यकीय स्तोत्रपुष्पाञ्जली,अमरनाथ तीथयात्रा संस्मरण, १०) विविध पूजा सामाग्री सगालो ११) Fundamentals of Library & Information Science on Nepalese Response,१२) हिन्दू सदाचार पद्धति, १३) पुस्तकालय विज्ञानको उपादेयता । यस प्रकार प्रविधि तथा संज्ञानलाई विषय बनाएर रहेको स्थिति यस समूहमा रहेका कृतिहरूको विशेषता प्राप्त भएको देखिन्छ ।

चौथो श्रेणीमा चाहिँ साहित्यिक अनुशासनका कृतिहरू रहेका छन् । त्यस्ता कृतिहरूमा मानवीय भाव सं)ंवेग तथा ज्ञानात्मक सूचना सम्प्रेषण गर्ने किसिमका कृतिहरू रहेका छन् । त्यस्ता कृतिहरूमा १) तीर्थयात्रा संस्मरण, २) अध्यात्म रामायण सुन्दर काण्ड, ३) स्वर्गीय समाजसेवीे. ऋषि सुवेदीको संझनामा शोककाव्य, ४) उत्तराखण्ड तीर्थयात्रा संस्मरण, ५) सम्पूणर् नेपाल माहात्म्य तथा धार्मिक स्थल परिचय लगायतका कृतिहरूमा साहित्यिक भावसंवेगलाई प्रश्रय दिइएका सन्दर्भहरू प्रकटमा आएका छन् । यस प्रकारको अविच्छिन्न शृंखलामा असिऔँ कृति बनेर उपस्थित भएको स्थिति देखिन्छ ।

लेखक सुवेदीको २०७८ वैशाखमा ८० वर्षको प्रवश हुने भएकाले सोही अवसर पारेर शनिश्चरको आराधनामा केन्द्रित असिऔँ ग्रन्थ प्रकाशमा आउन लागेको सन्दर्भमा यो लेखन कार्य भएको हो । ग्रहचक्र अनुसार शनैश्चर धिमा गतिवाला पापग्रहका रूपमा लिइने ग्रह हो । जन्मलग्न र गोचर आदिका दृष्टिले अशुभ स्थान र अवस्थामा रहेका कारण खराब फल प्रदान गर्ने र योगिनी तथा त्रिभागी दशाका आधारमा प्रतिकूल स्थान लिन आउने ग्रहका रूपमा शनिलाई चन्ने गरिन्छ ।

यसका अशुभ प्रतिफलको निराकरणका निम्ति गरिने अनुष्ठान, पारायण, पुरश्चरण तथा जप आदि आराधनाका तहमा अवलम्बन गरिने विधिलाई प्रस्तुत ग्रन्थको मूल आधार बनाइएको छ । शनिश्चरको नकारात्मक फललाई सकारात्मक फलमा पत्यावर्तन गर्नका निम्ति गरिने मन्त्रको पारायण, जप र हवन आदिको सन्दर्भलाई आधार बनाएर अनुष्ठानको आरम्भिक चरणको सङ्कल्प र पारायण विधि तथा अनुष्ठानका प्रक्रियाहरूको निर्देशनका साथ ग्रन्थको तयारी गर्ने काम भएको देखिन्छ ।

शनिदेवको आराधनाको अठोटका साथ गरिने अनुष्ठानको तयारीका निम्तिको प्रतिज्ञा, आवश्यक पर्ने सामग्रीको तजुमा, विधिपूर्वक पुरश्चरणको आरम्भ, शुद्ध तथा समर्पित भक्त्तिभावनाका साथ पारायणको कार्य शनैश्चर सहस्रनामको जप तथा तिनै मन्त्रका आधारमा पूजन र हवनसमेतको विधिलाई पनि यस ग्रन्थले निर्देश गरेको छ ।

शनैश्चरको प्रतिकूलताको अनुकूलीकरणका निम्ति गरिने पुरश्चणको अन्तमा फललाई सार्थक बनाउन ब्राम्हणलाई दिइने दानका सामग्रीसमेतको सूचना सम्प्रेषित गर्ने काम यस ग्रन्थले गरेको छ । यस ग्रन्थमा शनिश्चरको आराधना विषयक सन्दर्भलाई सविस्तार प्रस्तुत गर्ने काम भएको छ । वैदिक सनातनताका मूल्यहरू तीव्ररूपमा स्खलित बन्दै गएका वर्तमानमा यस्ता कृतिले ती मूल्यहरूको पुनःस्थापना तथा पुनरुद्धार गर्दछ भन्ने कुरामा विश्वस्त बन्न सकिन्छ ।

अन्तमा ग्रन्थकार, ग्रन्थकारकी सहधर्मिणी एवं उनका परिवारजन, बन्धुबान्धव र हामी सबै हितैषी तथा यस प्रकारको ग्रन्थ प्रकाशनका निम्ति सम्पत्ति, समय, स्रोत र साधन र सद्भाव आदि खर्च गरेर उनको असिऔँ जन्मोत्सवको अनुष्ठान आयोजना गर्ने समग्र शुभेच्छुका तर्फबाट हार्दिक बधाइ !! किन भने मान्छे बाँच्यो भने सयौँ शुभकार्यको कारक बन्न पाउँछ अर्थात् ‘जीवन् नरोभद्र शानि पश्यन् !!!’

*मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ८० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

नेपालपत्रको तर्फवाट प्रा. राजेन्द्र सुवेदीप्रति हार्दिक श्रद्धान्जली ! दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !