७ मंसिर २०८१, शुक्रबार

नेपाली काँग्रेसमा को बढी आधिकारिक, निधि कि कोइराला ?


शशांक कोइराला र विमलेन्द्र निधि
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

काठमाडौं, भदौ २२ । १. नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको उपस्थितिमा उनलाई समेत लक्ष्य गरेर काँग्रेस उपसभापति विमलेन्द्र निधिले काँग्रेसले हिन्दु राष्ट्रको एजेण्डा नबोक्ने र उनको उक्त कुरा फाइनल हो भनेर ठोकुवा गरेको पढ्न पाइयो ।

२. उनले बुझेकै हुनुपर्ने कोइराला निर्वाचित महामन्त्री हुन् र निधि मनोनित उपसभापति !
अझ कोइराला निर्वाचित सांसद हुन् र त्यसैले जन प्रतिनिधि पनि हुन् !

३. संगठनहरूमा उपसभापतिको पद आलंकारिक मात्रै हुन्छ र महामन्त्री कार्यकारी अधिकारी हुन् !
संगठनहरूका मेरुदण्ड भनेकै महामन्त्री वा महासचिव हुन् – त्यसैले हरेक आधारमा कोइराला निधि भन्दा बढी आधिकारिकता राख्दछन ।

४. काँग्रेसमा देउवा मात्रै कोइराला भन्दा बढी आधिकारिकता राख्दछन् र कोइरालाका कुनै कुरा खण्डन गर्नु परे त्यो अधिकार सभापति देउवाले मात्रै राख्दछन ।

५. थोरै आधिकारिकता राख्नेले धेरै आधिकारिकता राख्नेलाई चुनौती दिने अनुशासनहीन र मर्यादाहीनहरू धेरै भएकैले काँग्रेस आजको स्थितिमा छ ।

६. सुशील कोइराला र कृष्ण सिटौलाले मृत्यु सैयामा रहेका गिरिजा प्रसादलाई लक्ष्य गरेर काङ्ग्रेसको विधान संसोधन गरेर सभापतिको अधिकारमा व्यापक कटौती गरे ।

पछि उनै सुशील कोइराला सभापति भए, कृष्ण सिटौला कोइरालाका मनोनित माहामन्त्री – एउटा सन्दर्भमा सिटौलाले कोइरालाको कुनै भनाईलाई उनको निजी विचार भनेर ठोकुवा गरिदिए ।

त्यस्तै स्थिति एउटा सन्दर्भमा देउवा र निधि वीचमा पनि आएको थियो ।

७. काँग्रेसको सबैभन्दा आधिकारिक निकाय भनेको महाधिवेशन हो र महाधिवेशन नहुँदा महासमिति – महा समितिले आफ्नो वैधानिक सङ्ख्याको बहुमतले काँग्रेसले हिन्दु राष्ट्रको पक्षमा लाग्नुपर्ने प्रस्ताव गरेकोबारे जिम्मेवार मानिसहरूले सार्वजनिक रुपमा भनेको पढियो, काँग्रेस नेतृत्वले त्यसलाई स्विकार्ने संकल्प गर्यो तर के भयो भनिरहन परेन !

८. सुशील कोइराला, देउवा र शशांक कोइराला अरु धेरै कुरा होलान, तर धुर्त होइनन, कपटी होइनन् – सोझा नै हुन् । अरू भन्दा बढी इमान्दार पनि हुन् ।

९. त्यसैले उनीहरूले निधि र सिटौलाहरूबाट पाउने व्यवहार यही हो, यस्तै हो ! अनि काँग्रेस पनि यस्तै हो र यस्तै रहिरहन्छ ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनहुन्छ ।

यो पनि पढ्नुहोस्

किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?

दल नै राज्य, दल नै राष्ट्र ! दल नै समाज : नयाँ नेपालको साझा पहिचान !

मित्र राष्ट्रहरूसँगको सम्बन्धमा विस्तार गर्दा दण्डित नेपाली शासक, भारदार र नेताहरू

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !