७ बैशाख २०८१, शुक्रबार

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?


केशव प्रसाद भट्टराई
 केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

प्रजातन्त्रको पुनर्स्थापना पछिको तीन दशक र गणतन्त्र भिराइए पछिको डेढ दशकमा आम नेपालीले विश्वास र सम्मान गर्ने यौटै पनि नेतृत्व र सँस्था किन खडा हुन सकेन ?

१. राज्य वा राष्ट्र भनेको कुनै भौतिक अस्तित्व मात्र होइन ।

भूगोल मात्र होइन ।

त्यसमा पनि जीवन, उर्जा र गति हुन्छ ।

प्राण हुन्छ ।

आत्मा हुन्छ ।

राष्ट्रको त्यस्तो आत्मा र प्राणसँग आफ्नो प्राण र जीवनलाई जोड्न सक्नेहरूले मात्रै त्यो राष्ट्रमा स्थायी उपलव्धि र सम्मान आर्जन गर्न सक्दछन ।

नभए पानीको फोका जस्तै आउँछन् – विलाउँछन् ।

सिंह बनेर आए जस्तो गर्दछन् – मुसा र स्याल बनेर जान्छन् ।

 

२. ‘असली हिन्दुस्तान’ खडा गर्ने उद्देस्यले ‘जय जय काली जय जय गोरख’को नारा घन्काउँदै राजाको नेतृत्वमा यो मुलुकको एकीकरण भयो ।

पुस्तौँ पुस्ताले त्यसैमा आफूलाई उत्सर्ग र बलिदान गरे ।

त्यसैले ‘जय जय काली र जय जय गोरख’ यो मुलुकको एकता र स्थिरताको आन्तरिक उर्जा र शक्ति हो ।

यो राष्ट्रर क्षाको को वीज मन्त्र हो ।

 

३. मुलुकको उक्त आन्तरिक उर्जा र शक्तिको मर्मलाई आत्मसात नगर्ने ,

त्यसलाई सम्मान नगर्ने र ,

त्यसबाट आफूमा उर्जा भर्न नसक्ने कुनै व्यक्ति, दल र सँस्थाहरूले जतिसुकै ठूलो राजनीतिक शक्ति र वैधता बोकेर आएको दावी गरेर आए पनि यो मुलुकमा कुनै सुरक्षित र सम्मानित स्थान र हैसियत प्राप्तगर्न सक्दैनन् ।

सकेनन् ।

माथि भनिए जस्तै सिंह जस्तो अभिनय गरेर आउँछन् र मुसा जस्तै भएर जान्छन् ।

गइरहेका छन् ।

 

४. हिन्दु राज्यको रूपमा र हिन्दु संस्कृतिको केन्द्रकोरूपमा मात्रै यो मुलुकले आफ्नो अस्तित्वको औचित्य सावित गर्न सक्दछ भनेर नै नेपालले आफूलाई हिन्दु राज्य भन्दै र मान्दै आएको थियो ।

यो कुनै निजी आस्था, धर्म, कर्म र कर्मकाण्ड भन्दा माथिको राष्ट्र र राष्ट्रियताको सवाल थियो ।

देशभक्तिको सवाल थियो ।

प्रगतिशील र प्रतिगामी चिन्तनभन्दा माथिको कुरा थियो ।

राष्ट्रिय सुरक्षाको नीति र रणनीति पनि थियो ।

 

५. संसारको सवैभन्दा ठूलो प्रजातन्त्र र सवैभन्दा ठूलो साम्यवादी मुलुक वीच,

एसियाका दुई महान सभ्यता माझ,

फरक पहिचान निर्माण गरेर,

त्यस्तो पहिचान कायम राखेर आफ्नो अस्तित्वको औचित्य सावित गर्ने महत्वपूर्ण राजनीतिक मर्म र चिन्तनको सवाल थियो यो ।

तसर्थ त्यो हिन्दु राज्य नै नेपाल राज्य र राष्ट्रको औचित्य हो ।

नेपाल किन छुट्टै स्वतन्त्र नेपाल राज्य हुनु पर्यो भन्ने प्रश्नको सवैभन्दा चित्त बुझ्दो र प्रमाणित उत्तर हो त्यो ।

राज सँस्था स्वाभाविकरूपमा त्यस्तो हिन्दु राज्यको संरक्षक हो ।

 

६. स्वर्ग र नर्ककोबारेमा सोचेर होइन,

जीवनपछिको मोक्ष्र र मुक्तिको सवाल पनि होइन ।

हिन्दु संस्कृतिको रक्षाले मात्रै राष्ट्रको रक्षा हुन्छ भनेर हिन्दु राष्ट्रको पक्षमा रहेका लाखौँ लाख नेपालीहरूनै यो राष्ट्रको केन्द्रमा छन् ।

अनि व्यक्तिगतरूपमाराजाहरूसँग कुनै सम्वन्ध नरहेका,

राजा र राजसँस्थासँग कुनै स्वार्थ र सरोकार नभएका,

तर राजसँस्थाले मात्र भारत र चीन जस्ता विशाल मुलुकहरूको वीचमा रहेको यो मुलुकको राजनीति र कूटनीतिमा आवश्यक संयम र सन्तुलन कायम गरेर राष्ट्रको अश्मिताको रक्षा पनि गर्न सक्दछन् र यसको स्वतन्त्रता, सम्मान र समृद्धिलाई सुनिश्चित गर्न सक्दछन् भनेर राजतन्त्रको पक्षमा रहेका लाखौँ नागरिक पनि यहाँ छन् ।

 

७. तार्किक आधारमा उनीहरूको राजनीतिक मूल्य र आस्थामा राजा नटाउलान,

हिन्दु राष्ट्र नसमेटिएला,

तर नेपालको स्वतन्त्रता र अखण्डतालाई अक्षुण्य राख्न, राजाको संरक्षकत्वको हिन्दु राष्ट्र र राज्यकोलागि त्यो सम्झौता गर्न तयार हुने पनि लाखौँलाख नेपालीहरू यहाँ छन् ।

८. ती हुन् नेपाली आत्मा भनेका ।

त्यसैले तिनलाई प्रतिनिधित्व गर्ने राजनीति आजको आवश्यकता हो ।

नेतृत्व तिनलाई चाहिएको हो ।

९. जुन मूल्य र विश्वासको बलमा राष्ट्र खडा भयो, गरियो,

तिनै मूल्य र विश्वासमा अडिएर मुलुकका विकास र समुन्नतिका नवीन आधारशिलाहरू निर्माण गर्नु नै राष्ट्रियता र राष्ट्र भक्ति हो ।

अब आएर त सवैलाई स्पष्ट भैसकेको हुनु पर्दछ — वर्तमान स्वरूप र चरित्रमा नेपाल बाँच्न सक्दैन,

उन्नति र प्रगति गर्न सक्दैन ।

यही अवस्थामा रहे हाम्रा लागि सिक्किम र तिब्बतको नियति धेरै टाढा नहुन सक्दछ ।

 

१०. क्रान्तिकारी बन्ने होड र रहरमा हामीले जसैगरी राष्ट्रको बीज मूल्य र सँस्थालाई सजिलै भत्काउन सकिँदो रहेछ ।

वाह्य शक्तिको बल र भरमा, लोभानी र पपानीमा बिकेर त्यसो गर्न कठिन रहेनछ ।

तर एउटा सम्मानित र सवैले विश्वास गर्ने सँस्था र संरचना बनाउन कत्तिको कठिन मात्रै होइन, असंभव जस्तै रहेछ भन्ने कुरा त अव बडे बडे कथित क्रान्तिकारीहरूलाई पनि प्रष्ट भयो होला ।

बुझ्नु पर्दछ ! विश्वका अनेकौँ राज्य र राष्ट्रहरू क्रान्तिकारिताको नाउमा लुप्त भएका छन् , नष्ट -भ्रष्ट भएका छन् ।

सवाल त्यो सूचीमा नेपाललाई पार्ने कि नपार्ने भन्ने मात्रै हो ।

 

११. मुलुक भनेको जनताका सँस्थाहरू हुन् ।

संरचना हुन् ।

विश्वास र संस्कृति हुन् ।

रहन सहन र परम्परा हुन् ।

संविधान, नियम, कानुन र राजनीतिक व्यवस्थालाई तिनैमा उनेर खडा गर्ने हो ।

कुनै कपी पेस्ट होइन त्यो ।

त्यसैले प्रश्न हो –प्रजातन्त्रको पुनर्स्थापना पछिको तीन दशक र गणतन्त्र भिराइए पछिको डेढ दशकमा आम नेपालीले विश्वास र सम्मान गर्ने यौटै पनि नेतृत्व र सँस्था किन खडा हुन सकेन ?

विश्वास र संस्कृति किन निर्माण गर्न सकिएन ?

र उत्तर हो — जे जति देखिए र बने ती राष्ट्रको वीज मूल्य र चेतनामा निर्माण भएका थिएनन् !

तिनलाई जनताको विश्वास, चेतना र संस्कृतिमा खडा गरिएनन् ।

खडा भएनन् ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?

राजा महेन्द्र कि वीरेन्द्र को उदार र प्रजातान्त्रिक ?

नेपालको इतिहासको एउटा कालखण्डको संक्षिप्त चर्चा

कालापानीमा भारतीय सेना राख्न दिने सहमतिको परिवेश

अनिर्वाचित संरचनाले निर्वाचित प्रधानमन्त्री हटाउन सक्दैन – विश्लेषक भट्टराई

हामी यस्तै हो, नेपाल पनि यस्तै हो : देश कतिञ्जेल यसरी नै चलिरहन्छ थाहा छैन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !