१५ बैशाख २०८१, शनिबार

गीतकार टेक तामाङको एकल एल्वम ‘नाता’ बजारमा


tektamang

१ पुस, काठमाडौं । गीतकार टेक तामाङको गीति एल्वम ‘नता’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं स्थित नेपाल पुलिस क्लवमा एक कार्यक्रमको आयोजना गरि एल्वम सार्वजनिक गरिएको हो ।

तामाङको एकल लेखनमा तयार एल्वममा विभिन्न ८ वटा गीत समावेस छन् । एल्वममा लोकप्रिय गायिका अन्जु पन्त, मेलिना राईले २/२ वटा गीतमा स्वर दिएका छन् भने अन्यमा संगिता राना प्रधान, दिपा लामा, जिना रसाइली र ओंङ्मु लामा शेर्पाको स्वर सुन्न सकिन्छ । त्यसैगरि एल्वममा अर्जुन पोखरेल, किशोर खतिवडा, कन्काइस्ट राई, पावल चाम्लिङ र बुद्ध स्याङबाको संगीत सुन्न सकिन्छ ।

बरिष्ट गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एल्वममा समावेस दुई म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा अन्जु पन्तको स्वर तथा पन्तकै अभिनय रहेको ‘तिमीलाई माया गर्छु..’ बोलको गीत र मेलिना राईको स्वरमा रहेको ‘नजिक यति’ बोलको भिडियो प्रदर्शन गरिएको हो ।

उक्त भिडियोहरु मध्ये मेलिनाको ‘नजिक यति’ केही महिना अघिनै सार्वजनिक गरिसकिएको थियो भने गायिका अन्जुको अभिनयमा रहेको ‘‘तिमीलाई माया गर्छु..’बोलको भिडियो भने शुक्रबारनै पन्तकै अफिसियल युट्युव च्यानलमार्फत बजारमा ल्याइएको हो ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !