१४ बैशाख २०८१, शुक्रबार

पर्वमय बनौ अव हामी


शोभा काफ्ले खतिवडा

पर्वमय पनि अब बनौ न है हामी !

राष्ट्रका लागि पनि केहि गरी बाँचौँ न अनि !!

 

स्वाभिमान यो देशको जोगाउनलाई पनि !

एकजुट एकमत बनौ है अव हामी !!

 

चाड पर्व नि हामी मिलेर मनाउने हो !

कला र संस्कृतिलाई सँधै जोगाउने हो !!

 

यो हाम्रो राष्ट्रलाई समृद्द पार्नका लागि पनि !

सारा नेपाली मिलेर नै एक जुट हुने हो !!

 

पर्वको उमड्ग अनि हरेक उल्लासलाई !

सबै मिलेर जतनले जोगाई राख्ने हो !!

 

कसैलाई पिडा र चोट नपुर्याईकन !

पर्वमय हामी सबै दिदी बहिनी हुने हो !!

 

घरका हरेकलाई हामीले सम्मान आदर गर्दै !

मायाँ र स्नेहको हरपल वीज असल छर्दै !!

 

हामीले सबैमा पनि यस्तो असल चेतना छर्ने हो !

नारी शक्ति केवल असल सद्दभावका लागि हो !!

 

चाहिँदैन है अव हामीलाई पार्टि देशमा कुनै !

नेपालीको एकमत र एकजुट हुने मात्र हो !!

 

दुई पार्टी भए पुग्छ यो राष्ट्र बनाउन् !

काड्ग्रेस र एमालेले यो देश बनाउने हो !!

 

यो राष्ट्र समृद्द अनि सुखी बन्दछ है अव पक्कै !

सहयोग र सद्दभावको साथ हाम्रो जुराउने हो !!

 

कस्ले के नै पो लिएर गए र धन यो धराबाट ?

त्याग,बलिदानको अभिमान बोकी जाने हो !!

 

कस्ले कति ठुलो सम्मान पाए र यहाँ ?

देश र जनतालाई पोखिएको; त्याग पो लाने हो !!

 

देशकालागि गरिएको महान योगदान बाहेक !

लान भने हामीले केहि नै नपाइने पो त भो !!

 

यो देशको हिमाल हाम्रो शिरको शोभा हो !

आकासको चन्द्रझैँ सुन्दर मायाँ गाँस्ने हो !!

 

घामको उज्यालोले यो राष्ट्रको मुहार लिपेर !

पानीको उर्जा तानी देशमा समृद्दि ल्याउने हो !!

 

चाड पर्व हाम्रा जीवन बाँच्ने आधार हुन !

यिनलाई हामीले मिलेर मात्रै जोगाउने हो !!

 

जीवनसाथीको अपूर्व मायाँ र त्यागलाई !

मायालुको मायाँको यस्तो अपूर्व सौगातलाई

जीवन बाँच्ने सुन्दर असल आधार मान्ने हो !!

 

बाबा र आमा अनि सन्तान र आफन्तको मायाँलाई !

गहना अमूल्य मानेर छातीमा नै भिर्ने हो !!

 

आफन्त साथी भाइ र ईष्ट मित्रहरुमा !

यो स्वाभिमानी शिरको आदर पठाउँदै !!

 

हाम्रा पर्वले सबैमा खुशी मात्र छाउन !

राष्ट्र समृद्दिको हामी कामना गर्ने हो !!

 

सबैमा खुशी र शान्ति मात्र छाओस् भनि !

यो देशमा विकासको लहर आओस् अनि  !!

 

नेपाली हामी,हामीमा असल भाबहरुको !

एउटा एउटा विरुवा यो छातीमा पलाओस् !!

 

राष्ट्रमा मात्र हैन है अव हरेकको जीवनमा !

मिलेर विकास र समृद्दि ल्याउने हो !!

बाबा र आमा दाजुभाई ईश्वर सित !

मायाँको यहि आशिर्वाद मात्र माग्ने हो !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नशोची नहिडौँ हामी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !