१५ बैशाख २०८१, शनिबार

नशोची नहिडौँ हामी


शोभा काफ्ले खतिवडा

देश  एउटा सुन्दर नै थियो नयनको मेरो यो तरेलीमा

मुटुभरी भै बग्छ कलकल गर्दै यिनै दुई परेलीहरुमा  !!१!!

 

नशोची नबुझी नबोलौ है पिडा कसैलाई नदिउँ है

मनको खुशी बाँढौ हरपल रमाएर बाँच्नदिऊँ सबैलाई  २!!

 

मनको मायाँ मुटु भरी मैले पनि सजाई नै राखेकी छु

यही मायाँ पोखेर देशमा यो धरा जगमगाऊँ भन्छु !३

 

हृदयमा बसेको छ प्यारो सुन्दर देश नै हो यो मेरो !

जीवन दान नै गरौँ म बरु जोगाउँन यो देश हो हाम्रो !!४

 

कर्म पोख्ने यो प्यारो देश जहाँ यस्तो जीवन पायौँ !

जन्मदाता र जीवन साथी सन्तानको मायाँ नि पायौँ !५

 

मनका यति प्यारा मानिस आफन्त अनि ईष्ट र मित्र

यो भूमि नै पनि पाएका छौँ के छ र यो भन्दा नि पवित्र !!६

 

कति कष्ट पाएका छन है दाजु भाइ र आफन्तहरुले

तिनको खुशी खोज्न लडौँ  धर्म कमाऔँ  न सत्कर्मले !! ७

 

शिक्षा छैन बाटो पनि छैन पुलपुलेसो  केही पनि छैन्

गरिखाने कुनै ठाऊँ नै छैन भोका नाड्गालाई चैनछैन  !!८

 

युद्द हैन है शान्ति नै खोजौँ यो धरालाई पनि सजाऔँ

देश रहे पो त रहौँला हामी मिली यसलाई नै जोगाऔँ !!९

 

नत्र त हामी पनि नरहौँला यो देशै पनि कतै नरहला

पछुताई देशका भु-भाग खोज्न हामी कता पाउँला !!१०

 

पराइको पो होलाकि देश हामी हामी नबुझि लड्दा

देशको सिमा समृद्द पार्न लागौँ न एकताबद्द जनता !११

 

देशका हिमाल, पाहाड र तराई हाम्रा शान नै हुन है !

नमिलेमा भोली यिनै हेर्न कर हामीलेनै तिर्नु पर्ला है  !!१२

 

सँधै नै राजनीति पनि नगरौँ यो भूमिको प्यारो छातीमा

त्याग र बलिदान माग्दै छ यो मागको सम्मान गरौँ  न !!१३

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

शान्तिको विरुवा रोपौँ मिलेर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !