१४ बैशाख २०८१, शुक्रबार

‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


Mr.virgin

१४ साउन, काठमाडौं । भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा तीन भर्जिन पात्रहरूले आफ्नो भर्जिनिटी तोड्नका लागि गरेको संघर्ष देखाइएको छ । ‘वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसन’ को व्यानरमा निर्माण भएको यस फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका छन् ।

केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानमा आधारित रहेर निर्माण भएको फिल्ममा गौरव पहरी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा र सिर्जना सुब्बालगायतको मुख्य भूमिका रहेको छ ।

खिलेन्द्र तिम्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सह-निर्माता रहेका छन् । रामेश्वर कार्कीले खिचेको फिल्मलाई मिलन काप्रीले सम्पादन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !