२० बैशाख २०८१, बिहिबार

देश बुझ्ने शिक्षा दिऊँ


शोभा काफ्ले खतिवडा

अव देशलाई बुझ्ने र माटोलाई मायाँ गर्ने शिक्षा देऊ हाम्रो देशमा पहिले !
समृद्दिको पाटोमा लाने पाठ पढाऊ अव एउटा अहिले !!१

राष्ट्रिय एकता नभै बन्दैन यो मुलुक भनेर पाठ सिकाऊ !
छिमेकीसित सहयोग माग्ने हामी सत्तालाई सहयोग पहिला गरौँ !!२

यसरी धड्गधड्गी बनेको यो पुलको (देशको) बाटो कहिल्यै नहिँड तिमी !
बरु हामी हामी मिलेर हिम्मतले अति बलियो पुल बनाऊ जुटेर !!३

हाम्रो देशको हालत त्यो कच्चा पुल झैँ कदापि कहिल्यै नबनोस् !
बरु चट्टान सरिको पाहाड जस्तो बलियो देश यो हाम्रो बनोस !!४

खोतली सुनका हर पाटाहरु चट्टानबाट हिराका खानी निकालौँ मिलेर बरु !
नदिबाट हरेक जलका धारा उर्जामा नै परिणत गरी अव खुरु खुरु !!५

बाटो हामी हिमालसम्म एउटा विद्युतीय रेलकै पुर्याऊँ न मिली !!
पर्यटनको प्रवर्धन गराऊ र यो सुन्दर देश देखाऊँ जगतलाई दिल खोली !! ६

ईश्वरका रचनाले झल्कने संस्कृति छ जुन हाम्रो !
जगतलाई यो सुन्दरता सुनाउने ज्ञान सिकौँ हामी अव त झन् राम्रो !!७

यो देशका कलालाई कण्ठ पार्ने शिक्षा दिऊँ !
संस्कृति जोगाउने हरेकलाई अव दीक्षा दिऊँ !!८

छिमेकीसितको सम्वन्धलाई अन्यथा नलिऊँ हामी कदापि !
किनकी यो ऐचो पैँचोको संस्कृति हो ईश्वरकै पालादेखि !!९

समाजमा बस्ने हामी हरेक सामाजिक प्राणी !
सद्दभावको यो पाटो विश्वमै फैल्याऊँ मिलेर बरु !!१०

नेपाली नेपाली माझ कटुताको वातावरण सिर्जना नगराऊँ !
सबै मिलेर जनता माझ र देशका कुना कन्दरासम्म देशलाई विकासको स्वाद चखाऊँ र समृद्दि बढाऊँ !!११

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नेपाल बनोस यस्तो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !