२० बैशाख २०८१, बिहिबार

नेपाल बनोस यस्तो


शोभा काफ्ले खतिवडा

हरेक मनहरुमा एक सुन्दर दीप बाल्न पाऊँ !

सत्कर्म गर्दै यो जीवन समर्पण गर्न पाऊँ !!

नहोस् भेदभाव कसैमा पनि मबाट कहिल्यै !

म रोपौ मनहरुमा सुन्दर मायाँको बिरुवा जहिल्यै !!

 

एउटै सुन्दर फूल रोपौँ धरामा ताराहरुलाई म गन्दै !

मेरा शव्दजति सबै अर्पण गरौँ

म साहित्यलाई नै हो मेरा हरेक शव्द जति भन्दै !!१

 

साहित्यको पनि सुन्दर एक नयाँ रिति थिति बनोस् देशमा !

हरेक मनका असल भाव जति साहित्यमा नै चढोस् नौलो भेषमा !!२

 

कुनै तासको सुन्दर एक महल मात्र पनि नवनोस न भूमिमा !

यो जगतकै एउटा सुन्दर घर मेरो प्यारो देश बनोस न धरामा !!३

 

यो सत्ताको तुच्छ लिप्सामा मात्र पनि कोही नेता बन्ने नगरुन्  !

यो देश बनाउने बहादुरहरुको देश भनेर चिनाऊँन हरपल सक्रिय रहुन !!४

 

तान्जानियाँको डरलाग्दो विग्रदो र पिडादायी नराम्रो परिवेशलाई हेरेर !

हामीले सचेुतनाको पाठ पढ्नु पर्छ अव त कति हो धेर !!५

 

कतै बन्द हुँदा असर कुनै नपर्ने कतारीहरुको दृढ़ नितिलाई

सिकेर; परनिर्भरतालाई त्यागि अपनाऊँ आत्मनिर्भरताको पाठ देशमा !!

हिमाल, पहाड तराई डुलेर भन तिमी; यो हाम्रो हो नेपाल !

तराईको भाग टेकेर भन यो हाम्रो हो सुन फल्ने र जीवन धान्ने अन्नको र कुवेरको भण्डार !!६

 

यो देशको माटो पनि तिमी चुमेर भन सँधै जयजय हाम्रो नेपाल !

सुक्ख र खुशी आफ्नो त्यागेर भन हरपल हे आमा हाम्री सुन्दर नेपाल !!७

 

नगर ढिला ,अवेला होला ,यो देश राम्रो र उत्कृष्ट बनाउनलाई !

किन समयमा पारेनौ सुन्दर देश ,हामीले भनि सम्झेर पछी रुनलाई !!८

 

गौरव गाथा ,हिमाली भाका पाहाडका कुना कन्दरामा गाउन् तिमी जाऊँ !

तराई मेरो हो कुबेरको भण्डार भनेर विश्वलाई चिनाउन हामी पाऊँ !!९

 

जलको खेती यहाँ गरेर देखाऊ, ज्ञान वुद्धी युवाको पोखेर!

पर्यटन बुटी धोटेर पिलाऊ देशको सुन्दर नाम जपेर !!१०

 

बुद्धको हो देश ,शिवको छ भेष यो मुक्तिको क्षेत्र पनि हो यो !

भृकुटी, सिता जन्मेर होला यहाँ रामले पनि पाइला टेकेको !!११

 

गरेर खाए के छैन यहाँ अनेक थोक नै पो छ !

पौरखी हामी शान्तिका दुत पौरख धेरै गर्नु छ !!१२

 

उर्जामा धेरै लगानी गरौँ जलश्रोतको ज्योति बढाऔँ !

कृषिमा क्रान्ति गरेर हामी  सुन झैँ अन्न यो देशमा फलाऔँ !!१३

 

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

जनताको हाँसोले यो राष्ट्र गुन्जियोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !