२६ बैशाख २०८१, बुधबार

स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान


Nepalpatra

३० वैशाख, काठमाण्डौ  अभिनव साहित्य समाजको १९५औँ साहित्यिक शृङ्खलाका अवसरमा स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा विजयी प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको छ । 

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा शान्त्वना पुरस्कार पाउने क्रमशः स्वयम्भूका सुनिल अधिकारीलाई रु तीन हजार, कपनकी दुर्गा धमलालाई रु दुई हजार, जोरपाटीका उज्ज्वल गौतम ‘उजागर’लाई रु एक हजार र नारायणटारका उत्तम विचार तथा सुन्ताखानकी दीक्षा भण्डारीलाई पाँच–पाँचसयसहित प्रमाणपत्र साहित्यकार प्रा पीताम्बर दाहालले प्रदान गर्नुभयो ।

समाजका सदस्य प्रदीपरत्न शाक्यले विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी निधन हुनुभएकी आमा लक्ष्मीदेवीको सम्झनामा सो पुरस्कार स्थापना गर्नुभएमा गत वर्षदेखि प्रतियोगिता शुरु भएको हो ।

विसं २०५८ फागुन २५ देखि सो साहित्यिक शृङ्खलाको शुरुवात हुँदै आएको छ । प्रतियोगितामा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, विदुर चालिसे, मञ्जुश्री प्रधान, गोविन्द नेपाल, अनुषा लामा, डोल्मा लामा, पदम दोङ, मुना खतिवडा, वसन्त रिजाल, कुसुम शर्मा, होमप्रसाद कोइराला, बाबुराम पौडेललगायत ३६ कवि एवं कवयित्रीले आफ्ना रचना पाठ गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !