१५ बैशाख २०८१, शनिबार

चेते धान भित्र्याउने किसानलाई चटारो


SAMSUNG DVC PICTURES

बाँके । वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ ।

गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्र्याउन व्यस्त छन् ।

यस वर्ष करिब दुई बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका किसान चक्रलाल थारुले खेतमा पानी पसिसकेकाले धान काट्न गाह्रो भएका बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धान सुपरजोन राजापुरको कार्यक्रमका प्रमुख डा तपेन्द्र शाहको अनुसार किसानलाई मनसुन शुरु भएसँगै धान काट्ने र रोप्ने चटारो भएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !