३० असार २०८३, मंगलबार

गर्भावस्थामा कसरी स्वस्थ्य रहन सकिन्छ?


pregnancy

महिलाहरुले गर्भावस्थामा प्रोटिनयुक्त खानाहरु भिटामिन, खनिज तथा आइरनयुक्त खानाहरु खानु पर्दछ। अस्वस्थ्य र सुस्त मनस्थिति नभएको बच्चा जन्माउनको लागि आयोडिन मिस्रित नुन खानु पर्दछ। साथै सफा पनि रहनु पर्दछ। नियमित रुपमा नुहाउने तथा दाँतमा ब्रस लगाउनु पर्दछ। गर्भावस्थाको आखिरी महिना सम्भोग नगर्नु नै बेस हुन्छ। यसो गरेमा पानीको थैली फुट्ने र संक्रमण हुने खतरा कम हुन्छ। सकेसम्म औषधि खानु हुँदैन। केहि औषधिले गर्भमा नोक्सान पनि पुर्याउन सक्छ। चिकित्सकले दिएको औषधि मात्र सेवन गर्नु पर्दछ। तर एस्प्रिन वा एन्टासिड भने खाए पनि हुन्छ।

धुम्रपान गर्नु वा जाँड–रक्सी सेवन गर्नुहुन्न। यदि यसो गरेमा आमा तथा शिशु दुवैलाई हानि पुर्याउने हुन्छ। दादुरा भएको बालबालिकादेखि टाढा रहनु पर्दछ। शिशु सजिलैसँग जन्माउनको लागि अर्थात नर्मल डेलिभरीको लागि महिलाले हल्का व्यायाम गर्नुपर्दछ र थोरै हिड्डुल गर्न अल्छी मान्नु हुँदैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु