१३ आश्विन २०८३, मंगलबार

कांग्रेसको देउवा समूहमा दीपक मनाङेको इन्ट्री, शशांकले गरे स्वागत


देउवा समूह

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्।

इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !