१३ आश्विन २०८३, मंगलबार

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट


प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे । पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गरे ।

साथै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेकोप्रति पनि धन्यवाद ज्ञापन गरे । आफ्नो कार्यकाल सकेर राजदूत श्रीवास्तव केही दिनमा फर्कंदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !