१३ आश्विन २०८३, मंगलबार

कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गतेका लागि सारियो


कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ । कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो ।

असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ । २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन् । दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए ।

१५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !