१२ बैशाख २०८३, शनिबार

नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न


नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

नवलपुर । आज देवचुली नगरपालिकामा आयोजना गरिएको नि: शुल्क आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नवलपरासी (ब.सु.पूर्व) को आयोजनामा देवचुली नगरपालिका वडा नं. १४ को कार्यालयमा आयुर्वेद स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जहाँ विभिन्न स्वास्थ्य समस्याहरूको जाँच, परामर्श तथा आवश्यक आयुर्वेदिक औषधिहरू निःशुल्क वितरण गरिएको थियो ।

आयुर्वेदले “रोग लागेपछि उपचार” मात्र होइन, “रोग लाग्न नदिनु नै मुख्य उद्देश्य” भन्ने सन्देश दिन्छ । यस शिविरमार्फत धेरैले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउने, जीवनशैली सुधार्ने र प्राकृतिक उपचारतर्फ आकर्षित हुने अवसर पाएका थिए ।

समुदायको स्वास्थ्य सुधारका लागि यस्ता अभियानहरू निरन्तर सञ्चालन हुनु अत्यन्त आवश्यक छ । यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, स्वास्थ्यकर्मी तथा संस्थाहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !