२९ श्रावण २०८३, शुक्रबार

यस्तो छ नेत्र ज्योति बढाउने सरल उपाय


नेत्र ज्योति

आँखा कम देख्नु पनि एउटा समस्या हो । आजकाल यो समस्या हरेक घरमा समस्याको रूपमा देखिएको छ । आजको लेखमा यसै विषयमा नागरिकलाई जानकारी पस्कने छौं । स्वस्थ शरीर भएमा नाक, कान, घाँटी, आँखा सवै स्वस्थ रहन्छ । पौष्टिक खानाको अभावले पनि आँखा कमजोर हुन सक्छ ।

आजकाल हरेक बच्चा होस् या युवा होस् सवैको हातमा मोबाइल थमाईएको छ । नेत्र ज्योति कमजोर हुनुमा प्रमुख कारण मान्न सकिन्छ । आज उपचारको नाममा हामीले लेन्स प्रयोग गर्छौं । लेन्स मात्रै समाधान होइन यसका लागि हामीसंग प्रकृतिले थुप्रै औषधि दिएको छ ।

यस्ता औषधि चलाएर हामीले नेत्र रोग हटाउनुको साथै ज्योति बढाउन समेत मद्दत पुराउन सक्ने छौं । औषधि सामान्य छ तर हाम्रो ध्यान यता पुग्न सकिरहेको छैन । बढ्दो जनघनत्वको कारण र विविध समस्या र व्यस्तताले गर्दा हामीले आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन सकिरहेका छैनौं । नेपालमा आँखा विशेषज्ञ थुप्रै छन् । सामान्य रोगको उपचार हुँदाहुँदै पनि अप्रेसन गर्न बाध्य पारिएको थुप्रै घटना हामी देख्न सक्छौं ।

एकपटक हामी आँखाबाट पानी बग्ने हुनाले आँखा चेकजाँच गर्न आई हस्पिटल गएका थियों त्यहाँका नेत्र रोग विशेषज्ञलाई देखाउदा तपाईको आँखाको नलीमा असर हुनाले आँखाबाट पानी बगेको हुन सक्छ सानो अप्रेसन गरेर पलास्टिकको पाइप राख्नुस् भन्नुभयो केस सामान्य थियो यो सुनेपछि म फेरि भैरहवाको श्री कृष्ण नेत्रालयका बरिष्ठ डा.धितालसंग प्रामर्श लिन पुगे उहाँले यो समस्या सामान्य हो । पिनासको उपचार गरेर हेर्नुहोस् ठिक हुन्छ ।

यहाँ दुवै डाक्टरको कुरा फरक आएपनि रोगको कारण भने एउटै हो । हामीले घरेलु उपचार फिटकरी पानीले आँखा धुँदा निको भएको थियो । हामीले सामान्य खालको समस्यामा पनि अप्रेसन गरिहाल्नु पर्छ भन्ने होइन कहिले काहीँ सामान्य घरेलु औषधिबाट यस्ता समस्या समाधान हुने रहेछ भन्ने कुरा बुझ्न जरुरी छ । आजकाल मोतियाबिन्दुको पनि यही अवस्था छ ।

सामान्य अवस्थाको रोगमा पनि तुरून्त अप्रेसन गरिहाल्नु पर्छ भन्ने होइन हामीले यस्ता रोगको सटिक होम्योपैथी औषधिबाट पनि यो समस्या हल गर्न सक्छौं । आजको यो लेखमा नेत्र ज्योति बढाउने घरेलु र होम्योपैथी औषधिबाट कसरी उपचार गर्ने भन्नेबारे तल दिएका छौं । लाभ उठाउन सक्नुहुनेछ तर गम्मभिर अवस्थामा भने अप्रेसन गराउनु पर्ने हुन सक्छ ।

मोतियाबिन्दुको होम्योपैथी औषधि

१. सिनेरेरिया मेरिटिमा आइड्रोप्स १/१ थोपा दिनमा ४ पटक आँखामा राख्ने सामान्य जालो यसले हटाउदछ ।

२. क्यालकेरिया फ्लोरिका ४ गोली दिनमा ४ पटक दिने राम्रो फाइदा हुन्छ ।

कमजोर आँखाको लागि

१. एक चम्चा गाइको घीउमा १/२ चम्चा मह राख्ने र त्यसमा एक चम्चा त्रिफला चूर्ण राखेर चाट्ने यो औषधि करिब एक मैना सेवन गर्नाले राम्रो फाइदा देखिन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !