१७ बैशाख २०८३, बिहिबार

सेतीबाट शव निकाल्न सकिएन


सेतीमा पानीको बहाव

डोटी । डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन ।

सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । । नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !