समाज

  • Nepalpatra

    जटिल बन्दै सुकुम्वासी समस्या

    २० मङ्सिर, पोखरा । विभिन्न समयमा राज्यले सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा उपलब्ध गराउने भन्दै आयोग बनाए पनि कार्यान्वयन नहुँदा सुकुम्वासीको समस्या जटिल बन्दै गएको छ । पोखराका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीको जग्गाको महत्व बढ्दै गएकाले केही व्यक्तिले आफ्नो जग्गा भएको जिकिरसहित बस्ती हटाउने प्रयास शुरु गरेका छन् । पोखरा महानगरपालिका–१४ […]

  • Nepalpatra

    जाडो छल्न बाहिरिँदै मनाङवासी

    १९ मङ्सिर, मनाङ । मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका […]

  • Nepalpatra

    सामुदायिक वनले फे¥यो माझीगाउँको मुहार

    १२ मङ्सिर, बेत्रावती । विकासमा पछि परेको नुवाकोटको विदुर नगरपालिका–८ स्थित माझीगाउँका बासिन्दाको जीवनस्तरमा अहिले सामुदायिक वनले ठूलो परिवर्तन ल्याएको छ अहिले गाउँका सबै बासिन्दा स्थानीय सामुदायिक फर्निचर मिल, कुटानीपिसानी मिल, सुपथ मूल्यको पसलबाट सेवा लिन्छन् । जिल्लाको सदरमुकामसँग जोडिएको बस्ती भए पनि बीचमा पर्ने सामरी खोला विगतमा गाउँको विकासका लागि बाधक बन्दै आएको थियो […]

  • raute

    जीवन रक्षाको दोसाँधमा राउटे

    ११ मङ्सिर, सुर्खेत । राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित हुनुहुन्छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउ“–पखाला, रुघाखोकीले थलिएका देखेर उहाँ छट्पटिनुहुन्छ । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व गर्नुभएका ६६ वर्षीय महिनबहादुरलाई पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा आफ्ना जनता रोगको शिकार हुन थालेको अनुभव […]

  • Nepalpatra

    हटेन लैङ्गिक विभेद

    १० मङ्सिर, काठमाडौँ । बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउनुहुन्छ । छोटो कपाल काट्नुहुन्छ । पाइन्ट र सर्ट लगाउनुहुन्छ । उहाँ पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्नुहुन्छ । गाउँका मान्छे उहाँका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको सुन्न […]

  • Nepalpatra

    चार वर्षसम्म छाप्रोमै वास

    १० मङसिर, रामपुर । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालका खड्गबहादुर खण्डलुकको परिवार २०७२ साल वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आउनुभएको छ । सरकारले पूर्णरुपमा क्षति भएका घर निर्माणको निम्ति अनुदान रकम उपलब्ध गराउँदै आए पनि खण्डलुकको परिवार भने छाप्रोमै बस्न बाध्य छ । अहिलेसम्म सरकारले दिएको पहिलो किस्ताको रु ५० हजार पाए पनि […]

  • water

    कुवामा लाम बस्ने बासिन्दा पानीको बिल तिर्दै

    ७ मङ्सिर, बनेपा । कुनै बला काकाकुल जस्तो बनेका नमोबुद्ध नगरपालिका–४ मेथिनकोट आसपासका स्थानीय बासिन्दा अहिले शुद्ध खानेपानी उपभोग गर्दै आइरहेका छन् । पानीकै लागि कुवा, पँधेरो र इनारमा गाग्री लिएर लाइन बस्नुपर्ने बाध्यता थियो । पहिला कुवा र पँधेरोमा लाइने बस्ने उहाँहरु अहिले पानीको बिल तिर्न लाइन बसेर रकम तिर्दै पानीको सुविधा उपभोग गर्न […]

  • Nepalpatra

    भूकम्पले पानीको मुहान सुकेपछि बसाइँ सरे दहचोकवासी

    ७ मङ्सिर, काठमाडौँ । भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताउनुभयो । इन्द्रजात्राका समयमा भव्य मेला लाग्ने पुरातात्विक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण इन्द्रदहमा तीन वर्षदेखि ट्याङ्करको पानी हालेर मेला […]

  • sunsari

    दुहबीको जनजीवन सामान्य हुँदै

    ७ मङ्सिर, इनरुवा । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ । विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि […]

  • Nepalpatra

    दलित भएकैले कोठा पाउन समस्या

    २९ कात्तिक, काठमाडौँ । पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पार्नुभयो । कोठाका लागि उहाँले रु एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे) ले कोठा नसर्दै सागरको जात सोध्नुभयो । सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै […]

  • Baglung_district

    मगर गाउँमा घरबासको तयारी

    २८ कात्तिक, बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गल र ५ को सिपमा घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले यहाँ घरबासको राम्रो सम्भावना छ । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर गाउँपालिकाले घरबास योजना ल्याएको हो । चालू आवमा पूर्वाधार तयारीको काम थालिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । घरबास सञ्चालनका […]

  • मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम सञ्चालन

    २७ कात्तिक, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्त कमैया बस्तीमा विजयास घरवास (होमस्टे) सञ्चालन गरिएको छ । विपन्न अवस्थाका मुक्त कमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले घरवास सञ्चालन गरिएको हो । जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति र केयर नेपालको हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा घरवास सञ्चालनमा आएको हो । आन्तरिक तथा […]

  • Jajarkot

    जाँड, रक्सी बन्दपछि गाँउ शान्त

    २६ कात्तिक, जाजरकोट । ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ । समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय […]

  • Nepalpatra

    दलितलाई राहत प्रदान

    २६ कात्तिक, बर्दिवास । छठपर्वको मुखमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का दलितले खाद्य वस्तु र ओढ्ने कम्बल पाएका छन् ।आइतबार बौद्ध भिक्षुहरूले सञ्चालन गरेका आशा र चुनौती नामक संस्थाले उक्त बस्तीको रामनगर, पलार, टोकाटोल र वनराथारुटोलमै पुगेर २०७ दलित परिवारलाई प्रतिपरिवार ३० किलो चामलको बोरा र एक/एकवटा ओेढ्ने कम्बल प्रदान गरेको हो । तराईको मुख्य […]

  • sunsari

    छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

    २५ कात्तिक, इनरुवा । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन् । छठमा बासका सामग्रीको […]