८ बैशाख २०८१, शनिबार

पाँच सहमहामन्त्रीको मत गणना सुरु


मतगणना फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका पाँच सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार विहान ११ बजेपछि खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना सुरु भएको हो ।

स्रोतका अनुसार पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको छ । सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् ।

काँग्रेसमा ८ सहमहामन्त्री निर्वाचित हुँदैछन् । महिला, दलित र आदिवासी जनजातितर्फका सहमहामन्त्रीको मतगण्ना बिहीबार सम्पन्न भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !